`

मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

Nepal One HD ३१ साउन २०८३ २२:३०
समाचार

बैतडी, ३१ साउनः बैतडी पुग्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ । उहाँलाई धनगढीबाट काठमाडौँ लगिने छ ।

स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।

“स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भन्नुभयो ।

मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उहाँ दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *