`

फोन गर्नासाथ चिकित्सक र औषधिसहित एम्बुलेन्स घरमै [तस्वीरहरू]

Nepal One HD १ भदौ २०८३ १२:४०
जीवनशैली/स्वास्थ्य

ललितपुर। ललितपुर महानगरपालिकाले चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ। महानगरवासीले ११३१ नम्बरमा फोन गरेर यो सेवा लिन सक्नेछन्।

फोनमार्फत स्वास्थ्य समस्या जानकारी गराएपछि आवश्यकताअनुसार औषधिसहित स्वास्थ्यकर्मी बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगरले जनाएको छ।

घरमै उपचार तथा औषधिबाट स्वास्थ्यमा सुधार नआए वा थप उपचार आवश्यक देखिएमा सोही एम्बुलेन्समार्फत बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था पनि गरिएको छ।

महानगरपालिकाले यस सेवामार्फत आकस्मिक स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै स्वास्थ्यकर्मीको पहुँचमा पुर्‍याउने र आवश्यक परे अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्य राखेको छ।

तस्वीरहरू:

 


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *