प्रधानमन्त्री शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली
प्रमुख खबर
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले श्रेष्ठका सिर्जना, विचार र नेपाली साहित्य तथा समाजमा पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताएका छन्।
प्रधानमन्त्री शाहले श्रेष्ठका चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’लाई समेत स्मरण गरेका छन्।
उनले जनकवि श्रेष्ठले देखाएको मार्ग र उनका विचारलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
‘उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
