`

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, लघुवित्त पीडितलाई आन्दोलनका लागि उक्साएको आरोप

Nepal One HD ४ भदौ २०८३ १८:४४
बिशेष

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।

प्रहरीका अनुसार प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको आरोपमा अनुसन्धानका क्रममा उनको घरमा खानतलासी गरिएको हो।

खानतलासीका क्रममा के–कस्ता सामग्री बरामद भए भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *