`

५ हजार ४ सय रुपैयाँदेखि स्वास्थ्य परीक्षण, ग्रान्डीको विशेष तीज प्याकेज

Nepal One HD ५ भदौ २०८३ १०:५८
जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले महिलाका लागि विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ। ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ ल्याइएको उक्त प्याकेजमा महिलाहरूको स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट दिइएको अस्पतालले जनाएको छ।

स्वस्थ नारी नै सुखी परिवारको आधार भएको उल्लेख गर्दै अस्पतालले तीज पर्वको अवसरमा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको हो।अस्पतालले उक्त प्याकेजअन्तर्गत दुई प्रकारका स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएको जनाएको छ। पहिलो प्याकेजअन्तर्गत ९ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ५ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ।

यस प्याकेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग परामर्श, रगतमा चिनीको मात्रा परीक्षण, युरिया, क्रिटिनाइन, कलेजोसम्बन्धी परीक्षण, थाइराइड परीक्षण, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा पेट र तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ।

त्यस्तै, दोस्रो प्याकेजअन्तर्गत १३ हजार ५ सय ८० रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ७ हजार ८ सय रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ।यस सुविधामा पहिलो प्याकेजमा समावेश गरिएका सम्पूर्ण स्वास्थ्य परीक्षणका साथै एचपिभी परीक्षणसमेत समावेश गरिएको छ। एचपिभी परीक्षणलाई पाठेघरको मुखको क्यान्सरको जोखिम पहिचानका लागि महत्वपूर्ण परीक्षणका रूपमा लिइन्छ।

तीज हेल्थ प्याकेज लिने बिरामीले अन्य अतिरिक्त प्रयोगशाला परीक्षणमा समेत १० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ।महिलाहरूलाई पर्वको उत्सवसँगै आफ्नो स्वास्थ्यप्रति पनि ध्यान दिन प्रेरित गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ।

ग्रान्डी इन्टरनेशनल हस्पिटलले सार्वजनिक गरेको यो विशेष तीज हेल्थ प्याकेज आगामी २०८३ साल भदौ ३१ गतेसम्म लागू हुने जनाएको छ।तीजका अवसरमा महिलाहरूले स्वास्थ्य परीक्षण गराई सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार गर्न सकून् भन्ने उद्देश्यका साथ विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *