`

सहकारीको सम्पत्ति लिलामी गरेर बचतकर्ताको रकम फिर्ता गरिने मन्त्री रावलको भनाइ

Nepal One HD १० भदौ २०८३ ९:०२
राजनीति

डडेलधुरा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीको रकम अपचलन तथा हिनामिनासँग जोडिएका सम्पत्ति खोजी गरी बचतकर्ताको रकम फिर्ता गराउने कामलाई सरकारले तीव्रता दिएको बताएकी छन्।

मंगलबार डडेलधुरामा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पीडितसँगको छलफलमा मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताइन्।

उनका अनुसार शिवशिखर सहकारीमा १० हजार रुपैयाँभन्दा कम बचत रहेका करिब ४ हजार बचतकर्ताको रकम फिर्ता भइसकेको छ। बाँकी बचतकर्ताको रकम पनि दामासाहीका आधारमा फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

मन्त्री रावलले सहकारी, त्यसका मार्ट तथा भवनहरूको मूल्यांकनसमेत सम्पन्न भइसकेको बताइन्। ती सम्पत्ति लिलामी गरी प्राप्त रकम बचतकर्तालाई वितरण गरिने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *