`

मन्त्रिपरिषद्को बैठक आज, बाढीपछिको अवस्थाबारे छलफल हुने

Nepal One HD १२ भदौ २०८३ ९:११
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा बाढीपछिको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

बैठकमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *