`

विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् – प्रधानमन्त्री शाह

Nepal One HD १९ भदौ २०८३ ७:४५
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। यस्तो अवस्थामा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको उनको भनाइ छ।

उनले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा अडिग रहन धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *