`

जय नेपाल पार्टीले धमाधम जिम्मेवारी बाँडफाँट गर्दै

Nepal One HD १९ भदौ २०८३ १६:१०
जय नेपाल पार्टी

काठमाडौं। जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ।

पार्टी सभापति डा. धवलशम्शेर राणाले शुक्रबार सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई मनोनयन गरेका छन्।

त्यस्तै, सुपरिवेक्षण समितिको संयोजक मुकुन्दश्याम गिरीले सदस्य–सचिवमा धनसुर शाही तथा सदस्यमा अन्जना शाह रावल र सुमिरा कार्कीलाई मनोनयन गरेका छन्। उक्त समितिले केन्द्रीय तहका विभाग तथा समितिहरूको कामको सुपरिवेक्षण गर्नेछ।

सभापति राणाले पार्टी निकट नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा देवी (चाहना) अधिकारीलाई दिएका छन्।

यसैगरी, सम्पर्क समाज विभागका संयोजक फणीराज (राजु) लोहनीले सदस्य–सचिवमा रवि राज रञ्जित र सदस्यमा शिवराज रोकायालाई मनोनयन गरेका छन्।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार विभाग तथा समितिहरूलाई पूर्णता दिने काम भइरहेको छ। अब पार्टीले देशभर जिल्ला कार्यसमिति गठनको तयारी अघि बढाउने भएको छ।

उनका अनुसार तदर्थ जिल्ला समिति गठनका लागि छिट्टै जिम्मेवारी तोकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *