`

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशन

Nepal One HD २१ भदौ २०८३ २०:०२
राजनीति

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बैतडीको ढोल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा उनले जानकारी लिएका छन्। उनले दुवै जिल्लाका अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन निर्देशन दिए। विपद्‌बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउदै उद्धार, राहत तथा सडक सञ्चालनका कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन हुन निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *