`

सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

Nepal One HD २२ भदौ २०८३ ९:३९
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहेका उन्ले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिए । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भने ।

यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिन्छ भने।उनले भने,“बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । ”

सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *