`

बैतडीमा पहिरोले महाकाली राजमार्ग अवरुद्ध, हटाउने काम जारी

Nepal One HD २३ भदौ २०८३ ८:४३
समाचार

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उहाँले जानकारी बताउनुभयो । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *