`

जेनजी आन्दोलन विदेशी जासुसी संस्थाले गराएको रविन्द्र मिश्रको दाबी

Nepal One HD २३ भदौ २०८३ १६:१७
राजनीति

काठमाडौं। राजनितिक टिप्पणीकार रविन्द्र मिश्रले जेनजी आन्दोलन नभई अन्तराष्ट्रिय जासुसी विद्रोह रहेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्तराष्ट्रिय जासुसी संस्थाले नेपाली युवाहरुको प्रयोग गरी जासुसी विद्रोह सम्पन्न आरोप लगाए। 

उनका अनुुसार विद्रोहमा ६ घण्टाको अबधिमा देशको ३ धरोहर(कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका) र राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। 

मिश्रले जासुसी सिनेमा हेरेपछि भदौ २३ र २४ को घटनालाई विदेशी जासुसी विद्रोहको संज्ञा दिएको उल्लेख गरेका हुन् । 

उनले देश नविन समझदारीमा नगए भदौ २३ र २४ को भन्दा धेरै गम्भिर संकट आउने र आन्तरिक शक्तिहरुले सम्हाल्न नसक्ने अवस्था आउने चेतावनी दिएका छन्। 

उनले नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्ने हो भने भदौ २३ र २४ को घटनाको गहिराइमा पुग्नुपर्ने बताए।

त्यस्तै, उनले जेनजी आन्दोलनमा जीवन गुमाउनेहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *