जेनजी विद्रोह होइन, ‘अन्तर्राष्ट्रिय जासुसी विद्रोह’ हो : रवीन्द्र मिश्र
काठमाडौं। राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले जेनजी आन्दोलन नभई अन्तर्राष्ट्रिय जासुसी विद्रोह रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय जासुसी संस्थाले नेपाली युवाहरुको प्रयोग गरी जासुसी विद्रोह सम्पन्न आरोप लगाए।
उनका अनुसार विद्रोहमा ६ घण्टाको अवधिमा देशको तीन धरोहर (कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका) र राष्ट्रप्रमुखको निवास जलिसकेको थियो।
मिश्रले ‘जासुसी सिनेमा’ हेरेपछि भदौ २३ र २४ को घटनालाई विदेशी जासुसी विद्रोहको संज्ञा दिएको उल्लेख गरेका हुन् ।
उनले देश नवीन समझदारीमा नगए भदौ २३ र २४ को भन्दा धेरै गम्भीर संकट आउने र आन्तरिक शक्तिहरूले सम्हाल्न नसक्ने अवस्था आउने चेतावनी दिएका छन्।
उनले नेपालले आफ्नो दीर्घकालीन हितलाई सुनिश्चित गर्ने हो भने भदौ २३ र २४ को घटनाको गहिराइमा पुग्नुपर्ने बताए।
त्यस्तै, उनले जेनजी आन्दोलनमा जीवन गुमाउनेहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
