`

असोज ६ गते अमेरिका जाँदै प्रधानमन्त्री बालेन, १० गते फर्किने

Nepal One HD २५ भदौ २०८३ १८:१५
प्रमुख खबर

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रमअनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते स्वदेश फर्किनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *