`

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

Nepal One HD २६ भदौ २०८३ ७:३५
समाचार

वीरगञ्ज। प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *