`

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

Nepal One HD २८ भदौ २०८३ १३:१७
विश्व

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागी बेइजिङतर्फ प्रस्थान गरेका छन् । 

उनी चीनको निमन्त्रणामा १३-१९ सेप्टेम्बर २०२६ सम्म हुने औपचारिक भ्रमणका लागि बेइजिङ गएका हुन् । भ्रमणका दौरान उनि बेइजिङमा आयोजना हुने १३ औँ सियाङ्सान फोरममा सहभागी हुने कार्यक्रममा सहभागी भएका नेपाली सेनाले जनाएको छ । 

चिन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङ्ग के.सी. ले बिदाइ गरेका थिए । 

नेपाली सेनाका अनुसार दुई देशबिचको आपसी सैनिक सम्बन्ध र सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *