`

एक करोड ३९ लाख ठगेको अभियोगमा थापा पक्राउ

Nepal One HD २८ भदौ २०८३ २१:२२
समाचार

काठमाडौँ। सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो । करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन् ।

यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् ।

स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *