`

अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ

Nepal One HD १ असोज २०८३ १९:४०
समाचार

काठमाडौँ। अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनका साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड ९५ थान, सिपियु चार थान, इन्भर्टर एक थान, ब्याट्री दुई थान, युएसबी ६ थान, राउटर दुई थान, विभिन्न प्रकारका डेटा केबुललगायत सामान पनि बरामद गरेको छ ।

ती उपकरण तथा सामग्री अवैध रूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको केन्द्रीय समाचारकक्षले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *