`

सरकारको नयाँ प्रस्ताव : सुत्केरीलाई ६ महिना र पतिलाई ४२ दिन बिदा

Nepal One HD १४ असोज २०८३ २१:३९
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सरकारले हाल ९८ दिन रहेको सुत्केरी बिदा बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई तलबसहित छ महिनाको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको हो।

त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको स्याहार बिदा दिने प्रस्ताव छ।

स्वास्थ्य विज्ञहरूले छ महिनाको बिदाले आमालाई प्रसूतिपछि आराम, नवजात शिशुको स्याहार तथा पूर्ण स्तनपानका लागि सहज हुने बताएका छन्। प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबार स्वीकृत गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *