गोहीले बर्दियामा एक महिलाको ज्यान लियो (भिडियो)
काठमाडौं । गोहीले एक महिलाको ज्यान लिएको छ । यो खबर बर्दियाको गेरुवा नदीको हो । नदीमा माछा मार्न गएकी पुष्पा लामिछानेको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।
उनको घर मधुवन नगरपालिका–३ कि हुन् । अन्दाजी ५२ वर्षीया पुष्पा शुक्रबार बिहान करिब ७ बजे माछा मार्न नदीमा गएकी थिइन् । तर, उनी घर फर्किइनन् । त्यसपछि घर परिवार र स्थानीयले उनको खोजी गरे ।
खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि परिचालन भए ।
दिनभरको खोजीपछि राति करिब साढे १० देखि ११ बजेको बीचमा नदी किनारमा पुष्पाको शव फेला पर्यो । शव क्षतविक्षत अवस्थामा भेटिएको र शवलाई पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको छ ।
यो घटनापछि प्रशासनले गोही देखिएको नदी किनारबाट टाढा रहन आग्रह गरेको छ । कोठियाघाट क्षेत्रको नदीमा नुहाउन, माछा मार्न तथा दाउरा संकलन गर्न जाँदा सावधानी अपनाउन पनि प्रशासनले सुझाव दिएको छ ।
