`

बूढीगण्डकीको बहाव निरन्तर बढ्दै, नदी किनारका बासिन्दालाई सतर्क रहन गृहमन्त्रीको आग्रह

Nepal One HD २५ असोज २०८३ ७:३९
बिशेष

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बूढीगण्डकी नदीमा आएको बाढीले न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ भने नदीको बहाव निरन्तर बढिरहेको छ ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै बाढीबाट उत्पन्न परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनका अनुसार घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको छ । उद्धार कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन् ।

नदीको बहाव बढिरहेको अवस्थामा नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *