`

शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएको भन्ने चर्चामा सत्यता छैन भन्दै बोले ओली

Nepal One HD २४ असोज २०८३ २०:१०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव शंकर पोखरेलसँग आफ्नो कुनै मनमुटाव नरहेको स्पष्ट पारेका छन् । पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चामा सत्यता नरहेको बताउँदै ओलीले राजनीतिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई जोडेर हेर्न नहुने बताएका हुन् ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफू र महासचिव पोखरेलबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई अस्वीकार गरेका हुन् ।

महासचिव पोखरेलले आफ्नो फोनसमेत नउठाएको भन्ने चर्चाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले फोन नउठाउँदैमा सम्बन्धमा समस्या रहेको निष्कर्ष निकाल्न नमिल्ने बताए । फोन उठाउने वा नउठाउने विषयलाई व्यक्तिगत सम्बन्ध बिग्रिएको प्रमाणका रूपमा लिन नहुने उनको भनाइ थियो ।

पार्टीभित्रका नेताहरूबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *