`

उपसभापतिमा विजयी भएपछि चन्द्रकान्त भण्डारी भन्छन् – ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’

Nepal One HD २६ असोज २०८३ ९:०६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा विजयी भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै आफूले पाएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन् – ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन !आभार तथा धन्यवाद !!!नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी भई मप्रति व्यक्त गर्नु भएको विश्वास र अमूल्य मतका लागि महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।’

‘म प्रतिबद्ध छु—तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।जय नेपाल ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *