नुवाकोटका बाढीपीडित १८ परिवारले पाए अस्थायी आवास
काठमाडाैं । नुवाकोटको पिपलटारमा बाढीबाट प्रभावित परिवारका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास तयार भएका छन्। नेकपा एमाले र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा निर्माण सम्पन्न भएका आवास बुधबार दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
बाढीका कारण प्रभावित बनेका परिवारलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले अस्थायी आवास निर्माण अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत विभिन्न स्वयंसेवकको सहभागितामा आवास निर्माणको काम अघि बढाइएको थियो ।
बाढीपीडित परिवारलाई तत्काल बसोबासको सुविधा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको अभियानको पहिलो चरण पूरा भएपछि आवास हस्तान्तरणको तयारी गरिएको हो। निर्माण सम्पन्न भएका १८ वटा आवासले प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
