`

नेप्से ४.६७ अंकले बढ्यो, कारोबार ४ अर्ब ७१ करोड

Nepal One HD २९ असोज २०८३ १६:१८
अर्थ समाचार

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक ४.६७ अंकले बढेर २ हजार ६२५.९३ विन्दुमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१७ प्रतिशतको वृद्धि हो।

बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापारबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। बैंकिङ २.६१, उत्पादन तथा प्रशोधन ६.८८, अन्य ३.५४ र व्यापार उपसमूह १७.९४ अंकले घटेका छन्। निर्जीवन बिमा उपसमूह भने ५२.३४ अंकले बढेको छ।

कारोबारमा आएका कम्पनीमध्ये १७२ वटाको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। त्यस्तै, १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

दिनभर ३८ हजार ८६१ पटकको कारोबारमा १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *