`

रास्वपाले खोल्यो नगरपालिकाका उम्मेदवारका लागि आवेदन

Nepal One HD ३० असोज २०८३ ११:१४
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।

रास्वपाले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न चाहनेहरूका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको हो।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पार्टीले स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको नेतृत्व लिन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको छ।

पार्टीका अनुसार इच्छुक व्यक्तिहरूले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।

यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो।

साथै,पार्टीबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै उम्मेदवार छनोटको प्रक्रिया सुरु हुने रास्वपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *