`

फूलपातीका दिन कांग्रेस सभापति गगन थापाले शपथ लिने

Nepal One HD ३० असोज २०८३ १४:५६
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो मतगणना सम्पन्न भएपछि थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम फूलपातीका दिन दिउँसो २ बजेका लागि तय गरिएको पार्टीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ ।

साथै, पार्टीले उक्त कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *