खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
समाचार
काठमाडौं।ओखलढुंगा रुटमा सञ्चालन हुने यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा ९ जना यात्रु सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खाना खाएर यात्रु चढाउने क्रममा बस ब्याक गर्ने क्रममा दुर्घटना भएको हो।
साथै, दुर्घटनामा घाइते भएका यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
