`

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१४ सवारी चालक कारबाहीमा

Nepal One HD १० कार्तिक २०८३ ७:२३
समाचार

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा ४, लेन क्रसमा २, अवस्था ठिक नभइको ८, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *