`

काठमाडौं उपत्यकामा २४ घण्टामा ८८४ सवारीचालक कारबाहीमा

Nepal One HD ११ मंसिर २०८३ ७:२३
समाचार

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *