मलेसिया मेडिकल काण्डमा पक्राउ परेका अर्याललाई अदालत लैजाने तयारी
प्रमुख खबर
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रियाका लागि सरकारी वकिल कार्यालय पुर्याइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट अर्याललाई पक्राउ गरेको थियो। पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो।
सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि अर्याललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ। अदालतबाट म्याद थप भएपछि मात्रै उनीमाथिको अनुसन्धान अघि बढ्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको







