`

बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता

Nepal One HD २८ पुष २०७९ १४:०५
राजनीति

काठमाडौं, २८ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ ।सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन् । बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन् । नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।


प्रतिक्रिया