एमालेकी नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख
राजनीति
सुर्खेत ः कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।
एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
