`

जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता रहनेछ : मन्त्री पौडेल

Nepal One HD ३ माघ २०७९ १४:३५
राजनीति

काठमाडौँ / नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभएको छ ।

पत्रकारहरुसँग संक्षिप्त कुरा गदै नवनियुत्त मन्त्री पौडेलले नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बताउनुभयो ।

‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ’,उहाँले भन्नुभयो । उहाँले दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने मन्त्री पौडेलले बताउनुभयो । ‘नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ । हाम्रो दूतावावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु’,उहाँले भन्नुभयो ।


प्रतिक्रिया