`

सभामुखको उम्मेदवार टुंग्याउनुअघि अरु दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

Nepal One HD ४ माघ २०७९ ११:४४
समाचार

काठमाडौं । नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि अरु दलसँग छलफल गरेर उम्मेवारी दर्ता गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय गरेको हो ।

‘कुन कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौं । उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको छ’ । प्रवक्ता प्रकाशशरण महतले भने

पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । सभामुखको मनोनयन दर्ताको समय आजै दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्का लागि तोकिएको छ । एमालेले भने झापा-२ बा निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया