माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

राजनीति
काठमाडौँ–नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पुग्नु भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने एक नेताले बताए ।
उनका अनुसार स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरीएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट