`

रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्दै

Nepal One HD २२ माघ २०७९ ११:२६
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्न लाग्नु भएको छ ।
उहाँले आज र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि विशेष पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।


उहाँँले आइतबार आफ्रनो सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।’


उहाँले सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताउनु भएको छ । उहाँले भन्नु भएको छ , ‘सिधाकुरा नगरेको धेरै भएछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *