राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता

राजनीति

काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
मनोनयनका लागि साँझसम्मको समय छ । रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट