प्रदेशको सरकार परिवर्तन भएर गठबन्धनमा पहिरो जाँदैन: योगेश भट्टराई

राजनीति

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताउनुभएको छ ।
संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उहाँले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर गर्दैन।’
सचिव भट्टराईले भन्नुभयो, ‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ ।’
नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भए पनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट