`

पूर्वसांसद कर्मा घलेको निधनमा संसदमा शोक प्रस्ताव पारित

Nepal One HD २९ माघ २०७९ १६:५६
राजनीति

काठमाडौं – प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । 

नेपाली काँग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसदले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ । 

शोक प्रस्ताव पारित गरेसँगै आगामी ३ फागुन बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 


प्रतिक्रिया