`

ज्ञानेन्द्रजीलाई अझैपनि पुरानो झल्को आइरहन्छ : अध्यक्ष ओली

Nepal One HD ७ फागुन २०७९ १३:३२
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग के विषयमा सहकार्य गर्ने भन्दै प्रश्न गरेका छन् । आइतबार विरटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’


त्यस्तै, राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।


प्रतिक्रिया