हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन,भोलिका दिनमा आए छलफल गछौँ : जगन्नाथ खतिवडा


काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको प्रष्ट पारेको छ ।
बुधबार आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि प्रवक्ता जगन्नाथ खतिवडाले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले संचारकर्मीसँग कुरा गर्दै भने, ‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको छ ।’
राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने उनले बताए ।
उनले भने, ‘उम्मेदवारहरु राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौं। कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । अरु कोही उम्मेदवार भयो भने हाम्रो भोटले जित्दैछ । हाम्रो भयो भने पनि अरुको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’ कांग्रेस, माओवादीसहितको दलहरुसँगको छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।