राष्ट्रपति निर्वाचनको छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली भेट्दै

राजनीति

काठमाडौँ– राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच अहिले बालुवाटारमा भेट हुने भएको छ ।
शुक्रबार बिहान चार दलसँग करीब तीन घण्टा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले अहिले अध्यक्ष ओलीसंग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डल पाँच बजे बस्ने अर्को बैठकअघि ओलीसँग छलफल गर्न लागेको स्रोतले जानकारी दिएको होे । स्रोतका अनुसार दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार तर्फ लागेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।
ुएमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा होु ओलीले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट