`

थप उपचारका लागि अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Nepal One HD १३ फागुन २०७९ १३:१४
समाज

काठमाडौं / अछाम आगलागीमा घाइते भएका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं-८ कोसेडीका २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगरको घरमा फागुन ११ गते आगलागी हुदाँ दुवै गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने भएपछि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेको थियो । पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया