`

राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका गंगालाल श्रेष्ठलाई प्रहरीले बाटोबाटै फर्काइदियाे

Nepal One HD १३ फागुन २०७९ १७:०७
राजनीति

काठमाडाैँ – राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभएका गंगालाल श्रेष्ठलाई नयाँ बानेश्वरस्थित संसद भवन जान रोक लगाउँदै प्रहरीले बाटोबाटै फर्काइदिएको छ । श्रेष्ठले हिजो पत्रकार सम्मेलन गरेर राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभएकाे थियाे । 

आज उहाँ उम्मेदवारीको सार्वजनिक जानकारी सहितको अपिल लेखिएको ब्यानर बोकेर रिक्सामा गइरहेको अवस्थामा प्रहरीले थापा गाउँतर्फ फर्काइदिएको हो । गंगालाल श्रेष्ठ नौलो जनवादी पार्टीका अध्यक्ष हुनुहुन्छ ।

उहाँ सांसदहरुसँग भोट माग्न भन्दै रिक्सा चढेर नयाँ बानेश्वर गए पनि प्रहरीले फर्काइदिएको हो ।


प्रतिक्रिया