पल शाहकाे मुद्वाकाे सुनवाई सकियाे, सफाईको आशामा पल शाह
समाचार
पोखरा, १४ फागुन । कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।
उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।
अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीकाे भीड लागेकाे छ ।
कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनह्ँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।
उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुनेछन, पाएनन भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
