`

सिरहामा तीन किलो गाँजासहित दुई समातिए

Nepal One HD १६ फागुन २०७९ १९:५४
समाचार

सिरहा, १६ फागुन । गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । 

प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया