विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जायो – पर्यटनमन्त्री किराती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहेको बताएका छन् ।
बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको भन्दै उनले विमानस्थल सुविधा र यात्रुमैत्री हुनुपर्ने बताए ।
उनले भने“हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, उनले थपे, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहँुचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।”