`

प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भए : शंकर पोखरेल

Nepal One HD २१ फागुन २०७९ १४:४७
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गर्नुभएको छ ।

२४ औँ यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

उहाँले पार्टीभित्रको अन्तर संघर्षमा सही बिचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले विडम्बनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गर्नुभयो । चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य प्रचण्डमा नरहेको उहाँको भनाइ छ । प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा सहकार्य ताडेर हिँडेको धारणा राख्नुभयो ।

देशमा आर्थिक सङ्कट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भए पनि अहिले पुन समस्या देखिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया