`

बालिका बलत्कार आराेपमा एक जना पक्राउ

Nepal One HD २५ फागुन २०७९ १६:२२
अपराध

दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया